आज ४५३ नेपाली स्वदेश फर्किए

कतारबाट आज भएको २७,२८ र २९ औं उडानबाट ४ सय ५३ नेपाली स्वदेश फर्किएका छन् ।
नेपाल एयरलाइन्सको आरए २३९२ मार्फत दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको २७ औं उडानमा १५१ जना र सोही एयरलाइन्स बाट आजै भएको तेस्रो उडानमा १५२ जना नेपाल फर्किएको कतारस्थित नेपाली दूतावासले बताएको छ । त्यस्तै हिमालय एयरलाइन्सको एच ९५६३२ बाट भएको दोस्रो उडानमा १५० जना नेपाल फर्किएका छन् ।
यात्रा सहजीकरणका लागि कतारस्थित नेपाली दूतावासका कर्मचारीहरु पनि विमानस्थल पुगेका थिए ।