आज ३८४ जनामा कोरोना भाइरसको संक्रमण देखियो

गएको २४ घण्टामा ३८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ३३१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१३,६४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,८२३ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १८८ पुगेको छ र निको हुनेको संख्या १,१०,३२४ रहेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४१ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४२४ जना
आईसीयुमा भर्ना भएका – ६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ७७ जना
आज सम्म जाँच भएको संख्या – ५,२९,२८९ जना
निको हुन बाँकीको संख्या : ३,१३४ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।