दूतावासले नेपाल फर्कने थप व्यक्तिहरुको नामावली प्रकाशित गर्यो

कोरोना भाइरसका कारण विभिन्न समस्यामा परि नेपाल फर्कन दूतावासको वेबसाईट, फेसबुक लगायत अन्य माध्यमबाट फारम भरेका थप व्यक्तिहरुको नामावली दूतावासले प्रकाशित गरेको छ । दूतावासले आज २६ जुन देखि ११ अगष्ट २०२० सम्म अनलाईन फाराम भरी नाम दर्ता गराउने नेपाली नागरिकहरुको नामावली प्रकाशित गरेको हो ।
नामावली नेपाल फर्कने प्राथमिकता सूचि नभई दूतावासमा नाम दर्ता भएको जानकारी मात्र रहेको छ । यस नामावली मध्येबाट प्राथमिकतामा पर्ने नेपालीहरुको सूचि हवाइ उडान तय भएसँगै क्रमश: प्रकाशित गर्दै लगिने दूतावासले स्पष्ट पारेको छ ।
नयाँ नामावली हेर्न यहाँ थिच्नुहोस ।
कम्पनीबाट नामावली उपलव्ध गराएका व्यक्तिहरुको नामावली अपडेट हुनासाथ प्रकाशित गरिने दूतावासले जनाएको छ ।
अगस्ट १४ तारिक नेपाल एयरलाइन्सको उडान हुने तय भएको पनि दूतावासले आज सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।