बिज्ञापन

कतारमा बर्ड फ्लु भेटिएको छैन : मन्त्रालय

क्युएनए

कतारमा बर्ड फ्लुको कुनै केस नभेटिएको नागरिक स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ।केही दिन यता बर्ड फ्लू भेटिएको व्यापक हल्ला चल्न थालेपछि मन्त्रालयले हिजो एक विज्ञप्ति मार्फत जानकारी गराएको हो।

नगरपालिका तथा वातावरण मन्त्रालय संग समन्वय गरी मन्त्रालयले खाद्य सुरक्षा तथा वातावरण स्वास्थ्य विभाग मार्फत कतारमा खाद्य सामग्री आयात गरिने देशहरू बारे अपडेट गर्ने गर्दछ।त्यस्तै विभागले बर्ड फ्लू लगायत अन्य रोग संक्रमित क्षेत्र बाट कतारमा खाद्य सामग्री आयातमा रोक लगाउने काम समेत गर्दै आइरहेको मन्त्रालयले जनाएको छ।

बिज्ञापन : कतारमा छक्का पन्जा २

यता कतारमा भने पशुपन्छी बाट फैलिने जुनसुकै भाइरस पत्ता लगाउन सक्ने क्षमता भएको नेशनल इन्फ्लूएन्ज़ा सेन्टरले निरन्तर रुपमा ध्यानपूर्वक निरीक्षण गर्ने हुँदा सर्वसाधारणलाई ढुक्क रहन मन्त्रालयले बताएको छ।साथै हल्लाको पछाडि नलागी आधिकारिक स्रोत मार्फत जानकारी लिन मन्त्रालयले आग्रह समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button