जिसीसी-अमेरिका सम्मेलन स्थगित

एजेन्सी

आउँदो मे महिनामा तय गरिएको जिसीसी-अमेरिका सम्मेलन सेप्टेम्बर महिना सम्मको लागि स्थगित गरिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुटनितिक व्यस्तता र नयाँ राष्ट्र सचिव चयन नभइसकेका कारण सम्मेलन स्थगित गर्नुपरेको अमेरिकी प्रशासनले बताएको छ।

“मे महिनामा हामी धेरै व्यस्त हुने भएका छौं।राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका प्रमुख किम जोङ सँग भेटवार्ता गर्ने र भूतपूर्व सचिव रेक्स टिल्लरसनको पदमा माइक पोम्पइओ लाई राख्ने जस्ता विषयहरू अघिल्लो महिनाका लागि बाँकी रहेको छ”,एक अमेरिकी अधिकारीले बताएका छन्।त्यस्तै अर्का ह्वाइट हाउसका प्रवक्ताका अनुसार राष्ट्रपति ट्रम्प खाडी समस्यालाई यसै महिनामा सुल्झाउन लागि समेत परेका छन्।

बिज्ञापन : कतारमा नेपाली चलचित्र शत्रु गते

राष्ट्रपति ट्रम्प ले गत मार्च २१ मा साउदीको राजकुमार मोहम्मद विन सलमान सँग भेट गरेका थिए।उक्त भेटमा सम्मेलन मध्य जुनमा सकिने रमादान महिना सम्मको लागि स्थगन गर्ने सहमती भएको थियो।त्यस्तै उनले कतारका अमिर शेख तमिम विन हमाद अल थानी सँग अर्को हप्ता र त्यसपछि अबुधाबीमा राजकुमार शेख मोहम्मद बिन जाएद सँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

गत वर्षको जुन महिना देखि साउदी अरेबिया,युएई,बहराइन र इजिप्टले आतंकवादलाई सहयोग गरेको र ईरान सँग सम्बन्ध बढाएको भन्दै कतार माथि नाकाबन्दी गर्दै आइरहेका छ्न्। कतारले उक्त आरोपको खण्डन गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button