थप २ जनाको मृत्युु,२७७ जनामा भाइरसको पुष्टि

गएको २४ घण्टामा २७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २४७ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१४,८०९ पुगेको छ ।
भाइरसको कारण आज २ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ३,७६७ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १९२ रहेको छ र निको हुनेको संख्या १,११,५०५ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४९ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४७८ जना
आईसीयुमा भर्ना भएका – ६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ६९ जना
आज सम्म जाँच भएको संख्या – ५,४६,२८५ जना
निको हुन बाँकीको संख्या : ३,११२ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।