हिमालय एयरलाइन्सको थप तीन वटा उडान हुने

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि हिमालयएयरलाइन्सका थप उडानहरु १७, २३ र २९ अगष्टका लागि तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

१७ अगष्टको उडानका लागि दूतावासले प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकटका लागि सोही एयरलाइन्सको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुपर्नेछ । त्यस्तै २३ र २९ अगष्टमा हुन उडानका लागि नयाँ प्राथमिकता सूचि दूतावासले चाडैं प्रकाशित गर्ने बताएको छ ।

टिकटको लागि कहाँ सम्पर्क गर्ने ?

Cleopatra Travels, Doha,
(D-Ring Road, Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: Tel+974 44435333 Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

हवाई भाडा

हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम अमेरिकी डलर ३९२।- (कतारी रियाल १,४३०।-) रहेको छ ।

एह्तेराज एप अनिवार्य

विमानस्थलमा ज्वरो मापन गरिने साथै मोबाइलमा एह्तेराज एप मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउनेछ ।

फिट टु फ्लाई सर्टिफिकेट चाहिने

सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई फिट टु फ्लाई सर्टिफिकेट चाहिनेछ । उक्त सर्टिफिकेट कुनैपनि मेडिकल बाट बनाउन सकिनेछ ।

टिकट लिईसकेकाले अनिवार्य फारम भर्नुपर्ने

हवाई उडानका लागि टिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनलाइन बाट अनिवार्य रुपमा भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुपर्नेछ । उक्त फारम नेपालको विमानस्थलमा पनो देखाउनुपर्नेछ ।

फारम डाउनलोड गर्न यहाँ थिच्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button