आज २८८ जनामा भाइरस देखियो

गएको २४ घण्टामा २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २९४ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१५,३६८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,६९७ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १९३ रहेको छ र निको हुनेको संख्या १,१२०८८ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४६ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ४५४ जना
आईसीयुमा भर्ना भएका – ६ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ६९ जना
आज सम्म जाँच भएको संख्या – ५,५५,९७० जना
निको हुन बाँकीको संख्या : ३,०८७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।