एसईईको नतिजा सार्वजनिक

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । ४ लाख ७२ हजार ७८ जनाको एसईई परीक्षार्थीको नतिजा बोर्डले आज सार्वजनिक गरेको हो ।

४ लाख ८२ हजार परीक्षार्थीहरुले एसईई परीक्षाका लागि आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्डले जनाएको छ । एसईईको नतिजा थाहा पाउनको लागि टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा

 

टेलिफोनः

नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

एसएमएसः

नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

वेभसाइटः

माध्यमिक शिक्षा परीक्षा कक्षा १०राष्ट्रिय परीक्षा बोर्डशिक्षा तथा मानव विकास केन्द्रनेपाल दुरसञ्चार प्राधिकरण वा एनसेलको वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

www.see.gov.np
www.neb.gov.np
www.doe.gov.np
www.see.ntc.net.np
www.see.edusanjal.com
www.ncell.axiata.com.np
www.ekantipur.com.np
www.nepaltvonline.com

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेभसाइटमा जन्म मिति र सिम्बोल नम्बर राखेर ग्रेड तथा स्तरीकृत अंक (जिपिए) हेर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button