कतारले ठुलो मात्रामा मौसमी फ्लूको खोप खरिद गर्दै

कतारले ठुलो मात्रामा मौसमी फ्लूको खोपको खरिद प्रक्रिया अगाडि बढाएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य विभागका निर्देशक शेख डाक्टर मोहम्मद बिन हमद अल थानीले बताउनु भएको छ ।

ज्वरो आउने,रुघाखोकी लाग्ने,टाउको दुख्ने,ज्यान दुख्ने जस्ता  मौसमी फ्लूका खोपहरू अक्टोबर महिनाको अन्त्यसम्ममा सबै स्वास्थ्य केन्द्रहरूमा निःशुल्क उपलब्ध हुने र सबै मानिसहरूलाई खोप लिन डाक्टर मोहम्मदले आग्रह गर्नुभएको छ ।

कोभिड १९ को खोप पनि ल्याउनेछौ : डाक्टर मोहम्मद

हिजो कतार टिभीसँग कुराकानी गर्दै शेख डाक्टर मोहम्मदले कोभिड-१९ को खोप केही देशहरुमा स्वीकृतिका चरणहरु बितेपछि वैधानिक चरणमा पुगेको बताउनु भयो ।

“कोरोनाभाइरस विरुद्धको प्रभावकारी खोप पनि बजारमा आउने बित्तिकै हामी यसलाई कतारमा ल्याउने छौं। हामी ४ देखि ५ संस्थाका साथ नियमित सम्पर्कमा छौं । परीक्षण पूरा भएपछि खोप पर्याप्त मात्रामा ल्याउने छौं र प्राथमिकता अनुसार बिरामीलाई दिनेछौ, ”डाक्टर मोहम्मदले भन्नुभयो ।

खोप प्राय उत्पादनमा पुग्न १२ देखि १८ महिना लाग्छ तर यस पटक कोभिड १९ को खोप सामूहिक प्रयासका कारण धेरै छिटो विकास भइरहेको छ।

भ्याक्सिनको समयसीमाको बारेमा जवाफ दिँदै उहाँले भन्नुभयो : “हामी आगामी महिनामा कोरोनाभाइरसको खोप सम्बन्धी शुभ समाचारको आशा गर्दछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button