काठमाडौंले टस जितेर कर्णाली विरुद्ध फिल्डिङ गर्दै

काठमाडौं, मंसिर १९-
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।
दोस्रो खेलका लागि मैदान उत्रदै गरेका दुबै टोली पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ र काठमाडौं गुर्खाज चितवन राइनोजसँग ५ विकेटले पराजित भएका थिए ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो