विश्व कोरोना अपडेटः युरोपमा मात्र १ लाख बढीको मृत्यु (तथ्यांक सहित)

कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम समेतका मुलुकमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कतारको समय अनुसार मंगलबार ३:३० मा युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।