अनलाइन बाट एक करोड रियाल ठगी गर्ने समुह पक्राउ

अनलाइन बाट झन्डै एक करोड रियाल ठगी गर्ने एक समुहलाई कतार प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

घटना बारे आन्तरिक मन्त्रालयले हिजो प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक तथा साइबर अपराध विभागको फौजदारी अन्वेषण महानिर्देशनालयले अनलाइन बाट बैंकका ग्राहकहरूबाट पैसा चोरी गर्ने आपराधिक गिरोहका ३१ जनालाई पक्राउ गरेको जनाएको छ ।
उक्त गिरोहले विभिन्न व्यक्तिको मोबाईलमा बैंक कार्ड रद्द भएको वा ठूलो रकमको पुरस्कार जितेको भनी मोबाइलमा म्यासेज गर्ने र मोबाइलमा आएको ओटिपी कोड पठाउन लगाएर पीडितको बैंक खातामा पहुँच राखी झन्डै एक करोड रियाल ट्रान्सफर गरेको खुल्न आएको छ । ठगी गर्न उक्त समुहले ४ हजार सिम प्रयोग गरेको भेटिएको छ ।

मोबाईलमा कार्ड रद्द भएको वा ठूलो रकमको पुरस्कार जितेको जस्ता म्यासेजको रिप्लाई नगर्न र बैंक खाताको विवरण जोकोहिलाई नदिन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button