सज्जा चौलागाईं बनिन् “नेपाल आइडल सिजन–३” को विजेता

काठमाडौं – नेपाल आइडल सिजन–३ को विजेता मोरङ पथरीकी सज्जा चौलागाईँ बनेकी छिन् । आज (शुक्रबार) स्टुडियोमा आयोजना भएको गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिएको हो ।
यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।
नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको विजेता घोषणा गर्दा कार्यक्रममा जज र प्रतिस्पर्धीहरु अनुपस्थित रहेका थिए ।
प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए।
एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।
आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख नगद प्राप्त गरेका छन् ।