मंगलबार देखि मेट्रो चल्ने

यातायात तथा सञ्चार मन्त्रालयले मेट्रो ,कर्वा बस लगायत सार्वजनिक यातायात सेवा सेप्टेम्बर १ देखि पुन सुचारु हुने जनाएको छ । कोरोना भाइरसको महामारी पश्चात् विभिन्न क्षेत्रमा लागेको प्रतिवन्ध क्रमश हटाउने सरकारको निर्णय अनुसार आउने महिना देखि भाइरस विरुद्ध स्वास्थ्य मन्त्रालयको सुरक्षाको मार्गदर्शन अनुसार सार्वजनिक यातायात ३० प्रतिशत क्षमतामा सुचारु हुन लागेको हो ।

भाइरस विरुद्ध स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार पालना गर्नुपर्ने सुरक्षाका नियमहरु :

१. सार्वजनिक यातायात क्षेत्रका सम्पुर्ण कामदारहरुको भाइरस जाँच हुनुपर्ने

२. सबैले सुरक्षाका उपाय अपनाएको सुनिश्चित गर्न सुपरभाइजरलाई जिम्मेवारी दिनुपर्ने

३.मोबाइलमा एह्तेराज एप र मास्कको प्रयोग बिना प्रवेश गर्न नदिइने,

४. सवारी नियमित रुपमा स्यानिटाइज गर्नुपर्ने

५. सामाजिक दुरिका पोस्टर तथा चिन्ह भित्ता,सिट तथा मार्गमा टासिएको हुनुपर्ने लगायतका रहेका छन् ।

६. यात्रुहरुलाई अनलाइन बाट टिकट बुक गर्न आग्रह गरिने ।

७. स्टेशन तथा सवारीमा खान,पिउन र धूम्रपान गर्न नपाइने ।

८. ह्यान्ड स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने ।

९ . सामाजिक दुरिका पोस्टर तथा चिन्ह भित्ता,सिट तथा मार्गमा टासिएको हुनुपर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button