कामदारको न्यूनतम तलब हजार रियाल,एनओसी पेपरको नियम खारेज

प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले  कामदारको न्यूनतम तलब तोक्नुका साथै रोजगार परिवर्तन गर्न एनओसी पेपरको आवश्यकता हटाएको छ।

अमिर शेख तमिम बिन हमाद अल थानीले जारी गर्नुभएको २०२० को कानून नम्बर १७ अनुसार घरेलु कामदारहरू लगायत सबै निजी क्षेत्रका कामदारहरूको न्यूनतम तलब प्रति महिना एक हजार रियाल तोकिएको छ । त्यस्तै रोजगारदाताले आवासको लागि पाँच सय रियाल र खानाको लागि तीन सय रियाल थप दिनुपर्नेछ । एनओसी पेपर खारेज गर्ने र कामदारको न्यूनतम तलब तोक्ने कतार मध्यपुर्वकै पहिलो राष्ट्र बनेको छ ।

कानून अनुसार तोकिएको भन्दा कम तलब पाउने कामदारको रोजगारदाता संग सहकार्य गर्दै मन्त्रालयले उनिहरुको करार पत्र अपडेट गर्ने बताएको छ । न्यूनतम तलबको कानून कार्यनयन हुन अझै ६ महिना जतिको समय लाग्ने मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button