२९७ नेपाली स्वदेश फर्किए

दोहाबाट भएको ३१ र ३२ औं उडानबाट आज २९७ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।
कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको एनए २३९२ तथा हिमालय एयरलाइन्सको एच९५६३२ बाट गरी जम्मा २९७ जना नेपालीहरू नेपाल फर्किएको दूतावासले जानकारी गराएको छ ।
आज दोहाबाट काठमाण्डौ उडेका दूवै उडानमा समावेश भएका सबैले कोभिड -१९ परीक्षण गरी पिसिआर जाँचको नेगेटिभ प्रमाणपत्रसहित यात्रा गरेका हुन ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीहरुको यात्रा सहजिकरण, समन्वय तथा बिदाईका लागि दूतावास तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।