आज २१६ जनामा भाइरस देखियो,थप १ जनाको मृत्यु

गएको २४ घण्टामा २१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २२८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये १९६ जना स्थानीय र २० जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१८,९९४ पुगेको छ ।
भाइरसको कारण आज १ जनाको ज्यान पनि गएको छ ।स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,९१४ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १९८ रहेको छ र निको हुनेको संख्या १,१५,८९५ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३७ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३८९ जना
आईसीयुमा भर्ना भएका – ५ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ६५ जना
आज सम्म जाँच भएको संख्या – ६,३४,७४५ जना
निको हुन बाँकीको संख्या : २,९०१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
