मन त परदेशी प्रदर्शन हुने

कतारको विभिन्न स्थानमा समेत छायांकन गरिएको नेपाली चलचित्र मन त परदेशी प्रदर्शन हुने भएको छ।परदेशीको कथामा आधारित यस चलचित्र आउँदो डिसेम्बर १५ तारिख डल्ला ड्राइभिङ एकेडेमी को हलमा दिउँसो १२ र बेलुका ३ बजे गरी दुई शो प्रदर्शन हुन लागेको हो।
भुवन शर्मा कडेल र दुर्गा बहादुर कडेलको संयुक्त लगानीमा निर्माण भएको यस चलचित्रमा देव नेपालको निर्देशन रहेको छ।चलचित्रमा दिपेश राज पाण्डे,समिता गिरी,विक्रम क्षेत्री,रेणु बुढाथोकी लगायतको मुख्य भूमिका रहेको छ।
टिकट बुकिङ तथा थप जानकारीको लागि ७०४३५००१,५५३२६७१९ मा सम्पर्क गर्न सकिनेछ।