कतारमा भाइरस : अझै २,८८२ जनालाई निको हुन बाँकी

गएको २४ घण्टामा २२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २४२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये २१० जना स्थानीय र १७ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,१९,८६४ पुगेको छ ।
भाइरसको कारण आज १ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,७२५ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०२ रहेको छ र निको हुनेको संख्या १,१६,७८० पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३७ जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ३९७ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – ५१ जना
आज सम्म जाँच भएको संख्या – ६,५४,९७३ जना
निको हुन बाँकीको संख्या : २,८८२ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।