आज १४१ नेपाली स्वदेश फर्किए

दोहाबाट भएको ३४ औं उडानबाट आज १४१ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।
कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको एच ९५६३२ बाट जम्मा १४१ जना नेपालीहरू नेपाल फर्किएको दूतावासले जानकारी गराएको छ ।
कोभिड -१९ परीक्षण गरी पिसिआर जाँच नेगेटिभ लेखिएको प्रमाणपत्रसहित मात्र यात्रा गर्न पाउने दूतावासले बताएको छ ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीहरुको यात्रा सहजिकरण, समन्वय तथा बिदाईका लागि दूतावास तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो