छिमेकी राष्ट्रहरूले १९९६ मा कतार कब्जा गर्न खोजेको तथ्य बाहिरियो

अलजजिरा

छिमेकी राष्ट्र साउदी अरेबिया,युएई र बहराइनको संलग्नतामा सन् १९९६  मा कतारको सरकार कब्जा गर्न खोजिएको असफल प्रयासको नयाँ तथ्य बारे खुलासा भएको छ। अलजजिरा  नेटवर्कले आइतबार पहिलो पटक एक वृत्तचित्र मार्फत उक्त तथ्य सार्वजनिक गरेको हो।

वृत्तचित्रमा सत्ताकब्जा गर्ने रणनीति बनाउन सहयोग पुर्याएका केही प्रमुख व्यक्तिहरू मध्येको अन्तर्वार्तामा आधारित रहेको छ।त्यस्तै साउदी अरेबिया नै रणनीतिको प्रमुख योजनाकार रहेको खुल्न आएको छ।

“अपरेसन अबु अलि” नाम दिइएको उक्त सत्ता कब्जाको असफल प्रयास कतारको पूर्व अमिरले राजगद्दी सम्हालेको ठीक एक वर्ष पश्चात १९९६ को रमादान महिनामा फेब्रुअरी १४ तारिख भएको थियो।योजना त्यतिबेलाको कतार प्रहरी प्रमुख रहेका राजदरबारका सदस्यको सहयोगमा गरिएको थियो।

वृत्तचित्र अनुसार सत्ताकब्जा गर्न गठित समितिका प्रमुख सदस्यहरू :

  •  युएई सुरक्षा फौजका पूर्व प्रमुख तथा अबु धाविका तत्कालीन युवराज शेख मोहम्मद बिन जाएद ।
  • बहराइनका युवराज शेख हमाद विन इसा अल खलीफा।
  • साउदी अरेबियाको रक्षामन्त्री शेख सुल्तान विन अब्दुलअजीज
  • इजिप्टका पूर्व प्रधानमन्त्री तथा गुप्तचर दिवंगत ओमार सुलेमान।

“कतारी पूर्व अमिर शेख हमाद विन खलीफाको अल रेयानमा अवस्थित घरमा गई उहाँलाई बन्धी बनाउन केही फौजलाई निर्देशन दिइएको थियो”,योजनाकार मध्येको एक प्रमुखले अल जजिरलाई बताएका छन्।

सत्ता कब्जाको प्रयास सन् १९९६,फेब्रुअरी १६ को ५ बजे बिहान सम्पन्न गर्ने योजना बनेको भएपनि सूचना बाहिर फैलन नदिन युएईका राजकुमार मोहम्मद जाएदले त्यसको दुई दिन अगावै गर्न निर्देशन दिएका थिए।त्यसपश्चात कतारको सुरक्षा तथा सैन्य आफ्नो अधीनमा राखी साउदीको नाका हुँदै आफ्नो सैनिक कतार प्रवेश गराउने योजना रहेको थियो।

तर भाग्यवश कतारले त्यस सूचना अगावै थाहा पाएर सतर्क बस्न सफल भयो र सत्ता कब्जाको योजना स्वत विफल भयो।

“यदि कतारलाई आफ्नो अधीनमा राख्न सफल भई साउदी,युएई वा बहराइनी सैन्य परिचालन भएको भए उनीहरूले सडकमा देख्ने जो कोहीलाई पनि मार्थे,उनीहरूलाई केही गुमाउने डर थिएन।”, रिटायर्ड ब्रिगेडर शाहिन अल सुलाइतिले अल जजिरलाई बताएका छन्।

वृत्तचित्र छिमेकी राष्ट्रहरू साउदी अरेबिया,युएई,बहराइन र इजिप्टले कतार माथि लगाएको नाकाबन्दीको ८ महिनापछि सार्वजनिक भएको हो।उनीहरूले कतार माथि आतंकवादलाई सहयोग गरेको आरोपमा लगाउँदै आइरहेका छन्,कतारले यसलाई सिधै अस्वीकार गरेको छ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button