अमेरिकाबाट सुदनको उडी जाने जेट (भिडियोसहित)

गायक सुदन गैरेको उडी जाने जेट बोलको गीत सार्वजनिक भएको छ । आइतबार उनको आफ्नै युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । डान्सिङ बिटको उक्त गीतमा गैरे र मेलिना राईको आवाज रहेको छ ।
लेखु सहयात्रीको शब्द रहेको उक्त गीतमा सुबास भुषालको संगीत रहेको छ । गीतमा संगीत संयोजन उदयराज पौडेलको छ । नेपाल, अमेरिका र अष्ट्रेलियामा छाँयाकन गरिएको गीतको भिडियोमा एलिशा शर्मा र भिजु पार्की फिचर्ड छन् । गणेश शाहीले निर्देशन गरेको भिडियोमा प्रमोद कुमार भण्डारीको कोरियोग्राफी, अनिल मानन्धरको सिनेमाटोग्राफी तथा प्रविण भट्टको सम्पादन रहेको छ ।
हाल अमेरिका बसेर सांगितिक क्षेत्रमा लागिरहेका गायक गैरेको गीतले युट्युबमा राम्रो प्रतक्रिया पाइरहेको छ । उनले गीतले दर्शकहरुको माया पाउने विश्वास व्यक्त गरेका छन् ।
यस्तो छ भिडियो :