कतारमा आज नयाँ २६७ कोरोना संक्रमित थपिए

आज मिती सेप्टेम्बर ९ तारिख बुधवार ,
बितेको २४ घण्टामा कतार भर २६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २४९ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये २५२ जना स्थानीय र १५ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२०,८४६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,२२८ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०५ रहेको छ र निको हुनेको संख्या १,१७,७४६ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४४ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ४०० जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५१ जना
आज सम्म जाँच भएको संख्या – ६६,७२,०९९ जना
निको हुन बाँकीको संख्या : २,८९५ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।