कतारमा नाकाबन्दी एक हप्ता भित्र हट्नसक्छ – अमेरिका

केही अरब राष्ट्रहरूले कतारमा तीन बर्ष देखी लगाईरहेको नाकाबन्दी समाप्त गर्नका लागि हप्ताभित्रै प्रगति हुन सक्ने सम्भावना रहेको, अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले संकेत गरेको अल जजिराले  लेखेको छ ।

बुधबार मध्य पूर्वका लागि विभागका शीर्ष कूटनीतिज्ञ डेभिड शेन्करले वार्ताका लागि सबैले “लचिलोपन ” देखाएका कारण चाँडै समस्याको समाधानको हुने बताएका हुन् ।

“म यसमा सम्पूर्ण कूटनीतिमा जान चाहन्न तर त्यहाँ केही प्रगति भेन अवश्य भएको छ । म भन्न चाहन्छु कि यो हप्ताको कुरा हुनेछ,” शेनकरले वॉशिंगटन  डीसी-आधारित ब्रूकिंग्स द्वारा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई उनले भने ।

पहिला पनि साउदी अरेबियासँगको क्षेत्रीय वर्चस्वको लागि संघर्ष गरिरहेका इरानको विरूद्ध संयुक्त मोर्चा बनाउने वाशिंगटनको प्रयासलाई कुवेतले पनि मध्यस्थता गर्ने प्रयास गरेको थियो । तर उक्त प्रयासले हालसम्म कुनै पनि ठोस् परिणाम भने दिन सकेको छैन ।

सन् २०१७ को जुन ५ तारिख देखि साउदी अरेबिया, युएई, बहराइन र इजिप्टले आतंकवादलाई सहयोग गरेको आरोप लगाउदै कतारमाथी जल, थल र हवाईमार्गमा नाकाबन्दी गर्दै आइरहेको छ ।

कतारले भने आफू माथी लागेको आरोपको खण्डन गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button