कतारमा भाइरस : आज २०६ संक्रमित थपिए

गएको २४ घण्टामा २०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २३२ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज भाइरस देखिएका मध्ये १९४ जना स्थानीय र १२ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२१,०५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,०७१ जनालाई परिक्षण गरिएको थियो । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०५ रहेको छ र निको हुनेको संख्या १,१७,९७८ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ५० जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३९२ जना
आईसीयुमा भर्ना भएका – ३ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ४७ जना
आज सम्म जाँच भएको संख्या – ६,७६,१७० जना
निको हुन बाँकीको संख्या : २,८६९ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।