दूतावासले नेपाल फर्कन सम्भावित यात्रुुहरुको सुची निकाल्यो

कतारबाट नेपाल फर्कने अर्को उडान सेप्टेम्बर २२,२४ र २५ तारिकका लागि तय भएको कतारस्थित नेपाली दूतावासले बताएको छ । सो उडानको लागि टिकट १५ तारिक देखि मात्र लिन सकिने दूतावासले जानकारी गराएको छ ।
नेपाल एयर्लाइन्सबाट हुने जम्मा ३ वटा उडानमा सम्भावित यात्रुुहरुको सुची पनि दूतावासले प्रकाशित गरेको छ । पछिल्लो उडानका लागि नाम आएका तर विभिन्न कारणले टिकट काट्न नपाएकाहरुले समेत यस उडानहरु बाट नेपाल जान पाउने दूतावासले जानकारी गराएको छ ।
नेपाल एयरलाइन्सको सम्भावित यात्रुहरुको नामावली हेर्न यहाँ थिच्नुहोस ।
नेपाल जान गर्नुपर्ने कुराहरु :
१.नेपाल सरकारको निर्णयबमोजिम पिसिआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्नेछ ।
२.पिसिआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र पिसिआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको छ ।
३.होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ।
४.पिसिआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ । यस्ता प्राईभेट अस्पतालको सूचि हेर्न यहाँ थिच्नुहोस । परीक्षण शुल्क ५०० रियाल सम्म लाग्नेछ ।
५. यस अघि टिकट लिई सकेका र दूतावासले प्राथमिकता सूचिमा समावेश गरी नाम प्रकाशित गरिसकेका यात्रुहरुले रिकन्फर्शेन/नयाँ टिकटका लगि सम्बन्धित एयरलाईन्सको निम्न ट्राभल एजेन्सीमा सम्पर्क राख्नु पर्नेछ ।
नेपाल एयरलाइन्सको टिकटको लागि
Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez, Mob +974 70665648, Kashi Dhamala
Mob +97466675150 Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np
६.हवाई भाडा १,४३० रियाल लाग्नेछ ।
७.सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट फिट टु फ्लाई सर्टिफिकेट अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुपर्नेछ ।
८.हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा अनलाइन भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुपर्नेछ । फारम भर्न यहाँ थिच्नुहोस ।
९. दूतावासले अरु थप उडान तय भए पछि प्राथमितका सूचिमा भएका नामहरु प्रकाशित गर्नेछ ।