भाइरस प्रतिवन्ध फुकुवा : चौथो चरणको दोस्रो भाग आज देखि सुरु

कोरोनाभाइरसको कारण कतारको विभिन्न क्षेत्रमा लागेको प्रतिवन्ध क्रमश हट्ने क्रममा चौथो चरणको दोस्रो भाग आज देखि सुरु भएको छ । विपत्ती व्यवस्थापन समितिले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो भाग बारे जानकारी दिएको छ । चौथो अन्तर्गत पहिलो भाग सेप्टेम्बर १ देखि लागू गरिएको थियो ।

भाइरस विरुद्धको सावधानीको उपाय अपनाउदै स्थिती भयावह हुन बाट रोक्ने सम्पुर्ण नागरिक तथा आप्रवासीमा समितिले धन्यवाद व्यक्त गरेको छ र उपयुक्त खोप उपलब्ध नभएसम्म सावधानी अपनाउन अझै निरन्तरता दिन समितिले आग्रह गरेको छ ।

कतारमा भाइरसको पछिल्लो अवस्था

सेप्टेम्बर १ देखि खुला गरिएको विद्यालयको पठनपाठन यता ३ लाख ५० हजार विद्यार्थी र ३५ हजार भन्दा बढी शिक्षक मध्ये जम्मा ०.२५ प्रतिशतमा भाइरस देखिएको छ । तर उक्त संक्रमण विद्यालय बाट नभई घर बाट नै फैलिएको कोभिड-१९ विरुद्ध राष्ट्रिय रणनीतिक समूहका प्रमुख तथा हमाद मेडिकल कर्पोरेशनको संक्रामक रोग प्रभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले हिजोको पत्रकार सम्मेलनमा बताउनुभएको छ । साथै केही दिन यता मध्यम स्तरमा भाइरस संक्रमितको संख्या बढीरहेको उहाँले जानकारी दिनुभयो ।

सार्वजनिक स्थानहरू पुन खोल्नको लागि गरिएको चरणबद्ध फुकुवाले राम्रै संग काम गरिरहेको डाक्टर अल खलले बताउनुभएको छ । “सुचारू गरिएको मल, मस्जिद, कार्यस्थल र कार्यालयहरूबाट के देख्न सक्छौ भने यदि सबै व्यक्ति मिलेर सावधानीको उपायहरूको पालना गरे र आधिकारिक सल्लाह अनुसरण गरे हामी सुरक्षालाई सामान्य जीवनमा फर्कन सक्दछौं”,डाक्टर खलले थप्नुभयो ।

चौथो चरण अन्तर्गत दोस्रो भागमा के- के खुल्ने ?

० सावधानीको उपायहरु अपनाउदै सिनेमा घर तथा थिएटर ३० प्रतिशतले खुल्न पाउने । १८ वर्ष भन्दा मुनिकालाई प्रवेशमा रोक लगाउनुपर्ने ।

० हेल्थ क्लब,जिम सेन्टर तथा सार्वजनिक स्विमिङ पुल ३० प्रतिशतले खुल्न पाउने । स्वीकृति प्राप्त स्थानमा सौना,इन्डोर स्विमिङ पुल र मसाज सेन्टर ३० प्रतिशतले खुल्न पाउने ।

पछिल्लो स्वास्थ्य अवस्था हेरेर प्रतिवन्ध थप्ने वा हटाउने समितिले बताएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button