अमीर द्वारा थाइल्याण्डमा दुर्घटनामा परी मृत्यु भएकाहरुलाई समवेदना व्यक्त

अमीर शेख तमीम बिन हमाद अल थानी र उप अमीर शेख अब्दुल्ला बिन हमद अल थानीले थाइल्याण्डका राजा महा वजिरालङकोर्नलाई शोक सन्देश पठाउँदै ट्रेन र पर्यटक बस एकआपसमा ठोकिँएर भएको दुर्घटनामा परी मृत्यु भएकाहरुलाई समवेदना संगै घाइतेलाई शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नुभएको छ । अमिर संगै प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीले पनि समवेदना व्यक्त गर्नुभएको छ। थाइल्यान्डमा हिजो भएको दुर्घटनामा परि हालसम्म ३० जनाको ज्यान गएको छ ।
त्यस्तै अमीर र उप अमीर ले सोमालियाका पूर्व प्रधानमन्त्री अली खलिफ ग्यालरको निधनमा संघीय गणतन्त्र सोमालियाका राष्ट्रपतिलाई शोकको मन्तब्य व्यक्तगर्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो