२०२२ सम्ममा कतारमा २५ प्रतिशत विद्युतीय बस सन्चालन हुने

सन् २०२२ सम्ममा कतारमा २५ प्रतिशत विद्युतीय सार्वजनिक बसहरु सन्चालन हुने भएको छ ।

पारम्परिक बसहरुले गर्दा हुने कार्बन उत्सर्जनको दर घटाउन र वातावरणीय स्थिरता संरक्षण गर्न सार्वजनिक बस, स्कुल बस र दोहा मेट्रो फिडर बसहरू बिस्तारै विद्युतीय बसमा परिणत गरिने यातायात तथा सञ्चार मन्त्रालयले बताएको छ ।

२०२२ फिफा विश्वकपको समयमा विद्युतीय बस मुख्य सेवाहरूमा प्रयोग गरिनेछन् । कतारले आयोजना गर्ने वातावरण मैत्री विश्वकप आयोजना अनुसार यस योजनालाई अघि सारिएको हो ।

योजना अनुसार कर्हामाले यातायात तथा सञ्चार मन्त्रालयको समन्वयमा विद्युतीय सवारी चार्ज गर्ने उपकरणको एकीकृत नेटवर्क स्थापना गर्न यसै वर्ष ३० वटा र आगामी वर्ष सम्ममा १०० वटा चार्जिङ स्टेशन स्थापना गर्दैछ । सोलारबाट चल्ने देशको सबैभन्दा ठुलो स्टेशन भने लुसेलमा हुनेछ र यो देशभरको स्टेशन संग जोडिनेछ ।

त्यस्तै मोवसलात कम्पनी कर्वाले पनि पहिलो चरण अन्तर्गत हमाद विमानस्थलमा सेवा दिन १४० वटा विद्युतीय ट्याक्सी खरिद गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button