ओली-प्रचण्ड भेट : दुई दिन भित्र मन्त्रिमण्डल हेरफेर गर्नेबारे छलफल

काठमाडौं ,; मन्त्रिपरिषद पुनर्गठनको विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) भएको भेटमा केही दिनभित्रै मन्त्रिपरिषद पुनर्गठन गर्नेबारे छलफल भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ओली र प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनलाई आजैभोलिमा टुंगो लगाउने गरी छलफल भएको छ । कुन मन्त्री हटाउने र कसलाई राख्ने भन्नेबारे प्रधानमन्त्रीले प्रचण्डसँग छलफल गरेर निर्णय गर्ने प्रधानमन्त्री निकट एक स्थायी कमिटी सदस्यले बताए।
प्रधानमन्त्री ओलीले मन्त्रालय टुक्र्याएर केही व्यक्तिलाई मन्त्री बनाउने समेत तयारी गरेका छन्।