अक्टोबर १ देखि कतारबाट दैनिक तीन वटा उडान हुने

कोभिड-१९ का कारण लामो समयदेखि चार्टर्ड उडानमा मात्रै सिमित दोहा काठमाडौंको उडान अब भने नियमितमा परिणत हुने भएको छ । आउने अक्टोबर १ देखि कतारबाट नेपालको लागि दैनिक तीन वटा उडान हुने टुंगो लागेको छ । जसमा कतार एयरवेज,नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नेपालको लागि दैनिक एक एक वटा उडान भर्नेछ्न् । यस विषयमा कतारस्थित नेपाली दूतावासले पनि सूचना जारी गर्दै नियमित उडान हुने पुष्टि गरिसकेको छ । यद्यपि नेपाल जानको लागि अझै पनि केही प्रावधान भने पूरा गर्नुपर्नेछ ।
नेपाल जान गर्नुपर्ने कुराहरु :
१.नेपाल सरकारको निर्णयबमोजिम पिसिआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्नेछ ।
२. पिसिआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ । यस्ता प्राईभेट अस्पतालको सूचि हेर्न यहाँ थिच्नुहोस । परीक्षण शुल्क ५०० रियाल सम्म लाग्नेछ ।
३. टिकटका लगि सम्बन्धित एयरलाईन्सको ट्राभल एजेन्सीमा सम्पर्क राख्नु सकिनेछ ।
४. हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा अनलाइन भरी सो को बारकोडको प्रिन्टेड कपी वा स्क्रिनसट पनि साथमा लिएर मात्र यात्रा गर्नुपर्नेछ । फारम भर्न यहाँ थिच्नुहोस ।
५. अक्टोबर १ देखि हुने उडानको लागि दूतावासको फारम भर्नु पर्दैन ।