४९ औं उडानबाट १४७ जना फर्किए

दोहाबाट आज भएको उडानबाट १४७ नेपाली स्वदेश फर्किएका छन् ।
कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप दोहाबाट काठमाण्डौका लागि ४९ औं उडान बाट नेपाल एयरलाइन्सको उडान मार्फत ५ महिला सहित १४७ जना नेपालीहरू नेपाल फर्किएको दूतावासले जनाएको छ ।
७२ घण्टा भित्र कोभिड -१९ परीक्षण गरी पिसिआर जाँच नेगेटिभ लेखिएको प्रमाणपत्रसहित विमानस्थल आएका यात्रुमात्र नेपाल जान पाउने दूतावासले बताएको छ ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीहरुको यात्रा सहजिकरण र समन्वय तथा बिदाईका लागि दूतावास तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । यसपछि अब नेपाल एयरलाइन्सले भोलि दोहाबाट उडान भर्दैछ । लकडाउन यता कतार बाट ११ हजार ४ सय ४२ नेपाली स्वदेश फर्किसकेका छन् ।