कुवेती अमिरको निधन

कुवेतका अमीर शेख सबाह अल-अहमद अल-जाबेर अल सबाहको निधन भएको त्यहाँको सरकारी टिभीले जनाएको छ । उहाँको गत जुलाई देखि अमेरिकामा उपचार भैरहेको थियो।
“गहिरो शोक र दुखका साथ हामी कुवेत जनता, अरब र इस्लामिक राष्ट्रहरू, र विश्वका मित्रवत जनतालाई अमिर शेख सबा अल-अहमद अल-जाबेर अल-सबाको निधनको खबर सुनाउन बाध्य भएका छौ “,कुवेती अमीरी दिवानले घोषणा गरेको छ ।
९१ वर्षिय शेख सबाले सन् २००६ देखि कुवेतमा शासन गरेका थिए र ५० बर्ष भन्दा बढी बर्षको लागि आफ्नो विदेश नीतिमा काम गर्नुभएको छ । उहाँले खाडी समस्या सुधार्न मध्यस्थताको भुमिका समेत निर्वाह गर्नुभएको छ । कतारको अमिरी दिवानले पनि विज्ञप्ति जारि गर्दै अमिर शेख सबाको निधनमा कतारले तीन दिन शोक मनाउने घोषणा गरेको छ ।