केरलाको तरकारी तथा फलफूल आयातमा रोक लगाइयो

कतारले भारतको दक्षिणी सहर केरलाको फलफूल तथा तरकारी आयातमा रोक लगाएको छ।मन्त्रालयले हिजो एक वक्तव्य जारी गर्दै भारतको कोझिकोड र मालाप्पुरान सहरमा महामारी रुपमा फैलिएको निपाह भाइरसका कारण तरकारी फलफूल आयातमा अस्थायी रोक लगाएको हो।

मन्त्रालयले कतारमा उक्त रोग फैलिन नदिन देशको विभिन्न पोर्टमा कडाइका साथ निगरानी सुरु गरिसकेको बताएको छ।त्यस्तै अत्यावश्यक काममा बाहेक भारतको ती सहर भ्रमणमा नजान मन्त्रालयले स्थानीय तथा आप्रवासी नागरिकलाई सचेत तगरेको छ।

निपाह रोग संक्रमणको कुनै अवस्था भेटिए हटलाइन नम्बर नम्बर ६६७४०९४८ र ६६७४०९५१  सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button