अमिर यतिखेर कुवेतमा

अमीर शेख तमीम बिन हमाद अल-थानी खाडी क्षेत्रको कुटनीतिक प्रमुख तथा शान्ती स्थापनाकर्ता शेख सबा अल-अहमद अल जबर अल-सबाको अन्त्येष्टिमा सहभागी हुन आज कुवेत पुग्नु भएको छ । ९१ वर्षीय शेख सबाहको उपचारको क्रममा हिजो निधन भएको थियो ।

अमिरलाई स्वागत गर्न कुवेत अमीरी दीवानका सल्लाहकार शेख मोहम्मद अल-खालिद हमद अल सबाह, कुवेतका लागि कतारी राजदूत बन्दर बिन मोहम्मद अल अत्तियाह संगै दूतावासका कर्मचारीहरु कुवेत विमानस्थलमा पुगेका थिए ।
अमिरको व्यक्तिगत प्रतिनिधि अमीर शेख जस्सिम बिन हमाद अल-थानीले पनि अमिरसंगै कुवेत पुग्नु भएको छ ।

अमिर शेख सबाहको आजै अन्त्येष्टि गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button