नेपालमा प्रदेश ५ को राजधानी विवाद : प्रदेश सभामा कुर्सी तोडफोड

नेपालमा प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा तनाव भएको छ । बैठकमा कुर्सी तोडफोड भएको छ। प्रतिपक्षी कांग्रेसका सांसदको विरोधका बीच सभामुखले बैठक अगाडि बढाएपछि बिरोध गर्ने क्रममा कांग्रेस सांसदहरु विजय यादव र ओसिउद्दिन खानले सभामा कुर्सि तोडफोड गरेकाछन् ।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो । सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस रुष्ट बनेको हो । अहिले बोल्ने र विरोध गर्ने क्रम जारी छ ।
विपक्षी सांसदले नाराबाजी गरिरहेका बेला सत्तारुढ नेकपाका सांसदहरुले राजधानी दाङ सार्ने प्रस्तावबारे आफ्ना धारणा राखिरहेका छन् ।