गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघ्यो

काठमाडौं, मंसिर ७-

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ ।

विगत २४ घण्टामा इजरायली सेनाले त्यहाँ ७१ जनाको ज्यान लिएको छ । १७६ जना घाइते भएका छन् । योसँगै मृत्यु हुनेको कुल संख्या ४४ हजार ५६ पुगेको छ ।

सन् २०२३ अक्टोबरको सुरुमा प्यालेस्टाइनी–इजरायली द्वन्द्व सुरु भएयता गाजामा एक लाख चार हजार २६८ जना घाइते भएका छन् । धेरै पीडित भग्नावशेषमा फसेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button