खोप लगाए क्वारेन्टाइनमा बस्ननपर्ने

भाइरसको खोप लगाइसकेको व्यक्तिले क्वारेन्टाइन बस्ननपर्ने भएको छ । कतारमा उपलब्ध कोरोनाभाइरस खोपको दुई डाेज लगाइसकेका व्यक्ति १४ दिन पश्चात कतार फर्कदा क्वारेन्टाइनमा बस्नपर्ने नियम हटाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

क्वारेन्टाइन बस्ननपर्ने प्रावधानका लागि दोस्रो डाेज लगाएको १४ दिन पछि फेरी कतार फर्कदा पिसिआर परिक्षण मात्र गरेपुग्ने हमाद अस्पताल अन्तर्गत सरुवा रोग विभागका प्रमुख डाक्टर अब्दुलातिफ अल खालले बताउनु भएको छ । त्यस्तै यो प्रावधान खोप लगाएको तीन महिना सम्मका लागि मान्य हुने तर अन्य देशमा खोप लगाएका लाई भने यो नियम मान्य नहुने डाक्टर खालले बताउनु भयो ।

क्वारेन्टाइन छुटका लागि तोकिएको प्रावधान :

१. कतारमा खोपको दोस्रो डाेज लगाएको १४ दिन कटेको हुनुपर्ने । अर्थात खोप लगाएको भोली कतारबाट बहिरिएर १४ दिन पछी फेरी कतार फर्कदा होटेल क्वारेन्टाइन बस्नु पर्दैन । तर पिसिआर परिक्षण भने आउँदा जाँदा गर्नुपर्नेछ ।

२. खोप लगाएको १४ दिन देखी तीन महिना सम्म यो नियम मान्य हुने । भविष्यमा यो समयावधि थप हुनसक्ने ।

३. अन्य देशमा खोप लगाएका व्यक्तिलाई भने यो नियम मान्य हुनेछैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button