१३ अक्टोबरमा एप्पलको नयाँ आइफोन, कुन मोडेलको कति रियाल ?

पछिल्लो आफ्नो इभेन्टमा एप्पलले आईफोन ट्वेल्भ सार्वजनिक गर्न सकेन । कोभिड १९ का कारण उत्पादनमा भएको ढिलाई नै नियमित इभेन्टमा आईफोन लञ्च हुन नसकेको हो ।
#AppleEvent AR ? https://t.co/YeMtNBDMwg pic.twitter.com/W6ZyCQNhwX
— Ben Geskin ??⌚️ (@BenGeskin) October 6, 2020
तर अब आईफोन ट्वेल्भ अक्टुबर १३ मा आयोजना हुने इभेन्टमार्फत सार्वजनिक हुने खबरहरु आइरहेका छन् । यसमा रहने स्पेसिफिकेसन र मूल्य प्रति धेरैजसोको चाँसो देखिन थालेको छ ।
विभिन्न वेबसाइटहरुले फरक फरक किसिमका दाबी गरिरहेका छन् । यस्तैमा एउटा रिपोर्टमा आईफोन ट्वेल्भको मुल्य लिक भएको छ ।
लिकरको रिपोर्टमा आईफोन ट्वेल्भ पाँच वटा भिन्न मोडेलमा सार्वजनिक हुने दाबी समेत गरिएको छ । लिक भएको जानकारी अनुसार ६४ जीबी स्टोरेज भेरियन्टको ५.४ इञ्चको आईफोन ट्वेल्भको मुल्य २,३५० रियालको आसपासमा हुनेछ ।
यस्तै १२८ जीबी स्टोरेज भेरियन्टको मुल्य २,५५० रियालको आसपासमा हुनसक्ने दाबी गरिएको छ । त्यसैगरी २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य २,९९९ रियाल हुने अनुमान लगाइएको छ ।
सँगसँगै ६.१ इञ्च मोडेलको ६४ जीबी भेरियन्टको मूल्य २,७०० रियाल हुनेछ भने १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २,८९९ तथा २५६ जीबी भेरियन्टको मूल्य ३,२५० रियाल आसपासमा रुपैयाँको आसपासमा हुनेछ ।
आईफोन ट्वेल्भ प्रोको मूल्यलाई लिएर लिक भएको जानकारी अनुसार ६.१ इञ्चको १२८ जीबी भेरियन्ट स्टोरेजमा आउनेआईफोन ट्वेल्भ प्रोको मूल्य ३६०० रियाल र २५६ जीबी भेरियन्टको मूल्य ३२०० रियाल छ ।
यस्तै ५१२ जीबी भेरियन्टको आईफोनका लागि ४७०० रियाल पर्ने बताइएको छ । लिकरका अनुसार आईफोनको टप मोडलको रुपमा आउने १२८ जीबी भेरियन्ट स्टोरेज युक्त आईफोन प्रो म्याक्सको३९५० रियाल हुनेछ भने ५१२ जीबी स्टोरेजयुक्त मोडेलको मूल्य ५०९९ रियाल को आसपासमा हुनेछ ।