कतारमा भाइरस : संक्रमितको संख्या फेरी बढ्यो

गएको २४ घण्टामा २३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २१५ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये २२३ जना स्थानीय र १५ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२७,१८१ पुगेको छ ।

भाइरसको कारण आज २ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,६६२ जनालाई परिक्षण गरिएको थियो । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २१७ रहेको छ र निको हुनेको संख्या १,२४,१०८ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ३९ जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३४७ जना

आईसीयुमा भर्ना भएका – ३ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५५ जना

आज सम्म जाँच भएको संख्या – ८,१०,०२७ जना

निको हुन बाँकीको संख्या : २,८५५ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button