कतार आईपुग्नु भयो टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगन

टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगन आज दिउँसो कतार आईपुग्नु भएको छ ।
औपचारिक भ्रमणका लागि कतार आएका राष्ट्रपति एर्दोगनको स्वागत गर्न हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री र रक्षा मामिला मन्त्री डाक्टर खालिद बिन मोहम्मद अल अतियाह र टर्कीका राजदूत मेहमेत मुस्तफा गोकसु पुग्नुभएको थियो ।

त्यस्तै आमिर शेख तमीम बिन हामिद अल थानी सँग पनि आमिरी दिवानमा भेट भएको छ ।

यस भ्रमणको क्रममा हुने भेटघाटमा दुई पक्षीय आपसी हितका बिषय तथा अन्य समसामयिक तथा महत्त्वपूर्ण बिषयहरुमा छलफल गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button