कतारमा कोरोना : आज २०६ जनामा संक्रमण पुष्टि, ६७ वर्षीय नागरिकको मृत्‍यु

गएको २४ घण्टामा २०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको, २३२ जनालाई निको भएको र थप एक जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये १९१ जना स्थानीय र १५ जना  अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२७,६०० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५,३४७ जनालाई परिक्षण गरिएको थियो । कतारमा आज ६७ वर्षीय नागरिकको थप मृत्‍यु भए संगै संगै हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २१९ रहेको छ र हाल सम्म निको हुनेको संख्या १,२४,५५९ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक

अस्पताल भर्ना भएका – ३४ जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३५६ जना

आईसीयुमा भर्ना भएका – ४ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५५ जना

आज सम्म जाँच भएको संख्या – ८,२०,३६८ जना

अझै निको हुन बाँकीको संख्या : २,८२२ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button