कतार द्वारा अजरबैजान र अर्मेनिया बीच युद्धविरामको स्वागत

कतारले अजरबैजान र अर्मेनिया बीचको नागोरोनो-काराबाख क्षेत्रमा युद्धविरामको लागि भएको सम्झौताको स्वागत गरेको छ ।
वैदेशिक मामिला मन्त्रालयले आ एक विज्ञप्तिमा जारी गर्दै वार्ता र कूटनीतिक माध्यमबाट विवाद सुल्झाउदै युद्धविराम घोषणाले दुई देश र त्यहाँको जनतालाई हित पुग्ने बताएको छ ।
त्यस क्षेत्रमा सुरक्षा, स्थायित्व र शान्ति पुनर्स्थापना गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई कतारले सहयोग पुर्याउने विज्ञप्तिमा उल्लेख गरिएको कतार न्युज एजेन्सीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो