कतारमा कोरोना : अझै २,७८७ जना लाई निको हुन बाँकी

गएको २४ घण्टामा २०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको, २११ जनालाई निको भएको र थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १९५ जना स्थानीय र १२ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२७,९८५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ६,४३० जनालाई परिक्षण गरिएको थियो । कतारमा आज ८४ वर्षीय नागरिकको थप मृत्यु भए संगै संगै हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २२० रहेको छ र हाल सम्म निको हुनेको संख्या १,२४,९७८ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ४३ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३८४ जना
आईसीयुमा भर्ना भएका – ८ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५६ जना
आज सम्म जाँच भएको संख्या – ८,३१,९४१ जना
अझै निको हुन बाँकीको संख्या : २,७८७ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।