आज १९८ जनाको रिपोर्ट पोजेटिभ

गएको २४ घण्टामा १९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको २११ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १७४ जना स्थानीय र २४ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२८,६०३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ६,१७३ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २२० रहेको छ र निको हुनेको संख्या १,२५,५८४ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ६३ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ४०८ जना
आईसीयुमा भर्ना भएका – ५ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५७ जना
आज सम्म जाँच भएको संख्या – ८,४९,७३८ जना
अझै निको हुन बाँकीको संख्या : २,८१२ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।