कतारमा भाइरस : आज २३५ संक्रमित थपिए

कतारमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २५६ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये २२३ जना स्थानीय र १२ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२२,४४९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,५६८ जनालाई परिक्षण गरिएको थियो । कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २०८ रहेको छ र निको हुनेको संख्या १,१९,४०० पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३६ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ४१५ जना
आईसीयुमा भर्ना भएका – १ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५५ जना
आज सम्म जाँच भएको संख्या – ७,०४९८२ जना
निको हुन बाँकीको संख्या : २,८४१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।