आज २०४ जनामा संक्रमण देखियो,थप १ को मृत्यु

गएको २४ घण्टामा २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १८८ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १८१ जना स्थानीय र २३ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,२९,४३१ पुगेको छ ।
भाइरसको कारण आज थप १ जनाको ज्यान पनि गएको छ ।स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ७,४८५ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २२४ रहेको छ र निको हुनेको संख्या १,२६,४०६ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३३ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३८५ जना
आईसीयुमा भर्ना भएका – ४ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ५१ जना
आज सम्म जाँच भएको संख्या – ८,७७,३४२ जना
अझै निको हुन बाँकीको संख्या : २,८०१ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।