आज २४९ जनाको रिपोर्ट पोजेटिभ,थप १ जनाको मृत्यु

गएको २४ घण्टामा २४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २७१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये २०१ जना स्थानीय र ४८ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,३०,७११ पुगेको छ ।
भाइरसको कारण आज एकैदिन १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ९,६६५ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २२९ रहेको छ र निको हुनेको संख्या १,२७,५९९ पुगेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – २८ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ३७८ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ३५ जना
आज सम्म जाँच भएको संख्या – ९,१८,५४८ जना
अझै निको हुन बाँकीको संख्या : २,८८३ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।