रविलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न रास्वपाको ध्यानाकर्षण

काठमाडौँ,कात्तिक २१-

सहकारीको बचत अपचलनमा गरेको आरोपमा प्रकाउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न पार्टीले ध्यानाकर्षण गरेको छ।

हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेको दाबी गर्दै रास्वपाले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न पार्टीले ध्यानाकर्षण गरेको हो

‘संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ। हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्तिमार्फत् बताएका छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button